About us

गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र बाथरोग, मधुमेह तथा थाइराईड रोगको सघन उपचार गराउने उदेश्य राखी २०७० सालमा स्थापित भएको संस्था हो । यस संस्थामा नेपालमै अन्र्तराष्ट्रिय स्तरको बाथरोग, मधुमेह, थाइरोइड तथा हर्मोन रोगको लागी प्रभावकारी उपचार गरिन्छ । विशेषगरी नेपालको कुनैपनि हस्पिटलहरुमा वाथरोगको उपचारको लागि विभाग खडा नगरिएको र विशेषज्ञ डाक्टरहरु समेत नगन्य मात्रामा रहेको अवस्था मध्येनजर गर्दै गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र ( बाथरोग सेन्टर) खोलिएको हो । विरामीहरुको लागि गुणस्तरीय, भरपर्दो र सस्तो एवं सुलभ उपचार सेवा उपलब्ध गराउनु यस संंस्थाको प्रमुख उदेश्य रहेको छ । कसैले पनि बाथरोगका कारण अंगभंग हुन नपरोस् अकाल मृत्युवरण गर्नु नपरोस् भन्ने अभिप्राय यस संस्थाको रहेको छ ।
यस केन्द्रमा बाथरोग लागेका नयाँ तथा पुराना सबै किसिमका विमारीहरुको सघन उपचार गरिन्छ । विरामीको अवस्था हेरी सबै किसिमका सेवा तथा सुविधाहरु उपलब्ध गराइन्छ । बाथरोग सयौं प्रकारको हुने र यसको शिघ्र उपचार नभए विरामी क्रमिक रुपमा थला परी मृत्यु समेत हुने हुन्छ । एकातिर विशेषज्ञ डाक्टरको अभाव अर्कोतिर नियमित रुपमा डाक्टरको परामर्श र चेकजाँच गराउनु पर्ने रोग भएको कारण विरामीहरुमा पर्न गएको मर्कालाई मध्येनजर गर्दै सस्तो र सुलभ प्रकारको गुणस्तरीय उपचार गराउने अभिप्रायले यस संस्था स्थापित भएको हो । यस केन्द्रमा प्रमुख डाक्टरको रुपमा वरिष्ठ वाथरोग विशेषज्ञ डा दिपा शाह कार्यरत हुनुहुन्छ । त्यसैगरी मधुमेह, थाइरोइड तथा हर्मोन रोगका लागि डा दिपेन्द्र कार्की कार्यरत हुनुहुन्छ साथै अन्य अन्र्तराष्ट्रिय ख्याती प्राप्त विश्वविद्यालयबाट विशेषज्ञता हासिल गर्नु भएका डाक्टर तथा नर्सहरु, ल्याब टेक्निसियनहरु तथा प्राविधिकहरु ह्ुनुहुन्छ । विरामीको चापलाई मध्येनजर गरी यस केन्द्रमा सयौ विमारी एकैदिनमा जाँच तथा उपचार गराउने अत्यन्त आधुनिक व्यवस्था मिलाइएको छ । यस केन्द्रमा आधुनिक सेवा सुविधा सहित उपचारको लागि प्रभावकारी व्यवस्था मिलाइएको छ । यस केन्द्रमा बाथरोगको उपचारको लागि आवश्यक पर्ने सम्पूर्ण सेवाहरु उपलब्ध छ । जस्तै ल्याव, एक्स–रे, युएसजी, फिजियोथेरापी, अकुपँचर, स्डिम बाथ, मसाज र विभिन्न इलेक्ट्रिक थेरापी सहितको सेवा उपलब्ध छन । यो सम्पुर्ण सेवा सुविधा एउटै छानामुनी भएको नेपालकै अग्रणी संस्था समेत हो । यस केन्द्रमा प्रमुख रुपमा बाथरोगको उपचार गरिनुको साथै मधुमेह,थाइरोइड तथा इन्डोक्रहिनोलोजी, हाडजोर्नी तथा नशा रोग, प्रसुती तथा स्त्री रोग, छाला तथा यौन रोग,सामान्य चिकित्सा तथा पेट रोग, नाक–कान तथा घाँटी रोग, बाल रोग र मुटु रोगको समेत उपचार गरिन्छ । गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र काठमाण्डौको गोंगबुं चौकबाट गणेशस्थान जाने बाटो ५० मिटर भित्र मल्ल भवनमा रहेको छ । यस संस्था र यसका गतिविधिहरुबारे थप जानकारी पाउनका लागि यसै वेव–साइटको लेख–रचना तथा ग्यालेरीमा हेर्न सकिन्छ ।

About us

Our News

Our Doctors

डा. दिपा शाह

Dr. Deepa Shah

MBBS, MD Consultant Physician & Rheumatologist

Traning in Geriatric Medicine (UK)

वरिष्ठ फिजिसियन तथा बाथरोग विशेषज्ञ

NMC No: 4728

डा. दीपेन्द्र कार्की

Dr. Deependra karki

MBBS, MD Endocrinologist

मधुमेह थाईराईड तथा हर्मोन रोग विशेषज्ञ

NMC No: 6844

डा. मधु तुम्बाहाम्फे

Dr. Madhu Tumbahamphe

MBBS, MRCOG (UK)

Senior Consultant Obstetrician and Gynecologist

महिला तथा प्रसुती रोग विशेषज्ञ

NMC No: 984

डा. सरिता पाण्डे

Dr. Sarita Pandey

MBBS, MD

Consultant Family Physician

पारिवारिक चिकित्सक

NMC No: 2350

डा. पारस श्रेष्ठ

Dr. Parash Shrestha

Dermatologist

डर्‍म्याटोलोजी

डा. निना राई

Dr. Ninaa Rai

मानसिक चिकित्सक

डा. अभिशेक शाह

Dr. Abhishek Shaha

Assistant Professer

Senior Consultant Radiologist

MBBS, MD (Radiology)

Training in MRI & Once Radiology (India)

NMC No: 4857

Our Departments

थाइरोइड भनेको एउटा गन्थी हो जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ। यसलाई गलगाँड भनिन्छ ।यो गन्थीको काम थाइरोइड हर्मोन उत्पादन गर्नु हो ।यो हर्मोन रगतमा घुम्दछ र हामो शरीरलाई स्फूर्तिलो बनाउन मदत गरिरहेको हुन्छ। यसले उर्जालाई स्फूर्तरुपमा सञ्चालन गर्दछ


Know More

थाइरोइड भनेको एउटा गन्थी हो जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ। यसलाई गलगाँड भनिन्छ ।यो गन्थीको काम थाइरोइड हर्मोन उत्पादन गर्नु हो ।यो हर्मोन रगतमा घुम्दछ र हामो शरीरलाई स्फूर्तिलो बनाउन मदत गरिरहेको हुन्छ। यसले उर्जालाई स्फूर्तरुपमा सञ्चालन गर्दछ


Know More

Precision medicine (PM) is a medical model that proposes the customization of healthcare, with medical decisions, treatments, practices, or products being tailored to the individual patient


Know More

A gynecologist is a doctor who specializes in the health of the female organs. Many women start visiting a gynecologist from their early teens…


Know More

Primary Care. Health services that cover a range of prevention, wellness, and treatment for common illnesses. Primary care providers include doctors, nurses, nurse practitioners, and physician assistants. They often maintain long-term relationships with you and advise and treat you on a range of health related issues.


Know More

Make an Appointment