बाथ रोग

बाथ रोग
Dec 22, 2019

बाथ रोग

बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्ति (Auto Immune Disorder) ले आफ्नै शरिरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ । सामान्यतया बाथरोगले शरीरका जोर्नी र यस वरपरका संरचनाहरु दुख्ने, सुन्निने र अररो भई राम्ररी चलमल गर्न नसक्ने बुभिन्छ । हाम्रो समाजमा जोर्नी र जिउ दुख्ने समस्याको एक प्रमुख कारण बाथरोग हो । एक सय भन्दा बढी प्रकारका बाथरोगहरु मध्ये ¥युमटोईड आरथ्राइटिस (आमबाथ), ओस्टियो आरथ्राईस (जोर्नी खिइने बाथ) युरीक एसिडको बाथ (गाउट), एन्काईलोजिङ स्पोण्डिलाईटिस (ढाडको बाथ) ¥युमारिक फिवर (मुटुजन्य बाथज्वरो) र लुपस (एस. एल. ई.) भास्कुलाईटिस (नशाको बाथ), केटाकेटीमा हुने बाथ (जुभेनाईल आरथ्राईसिस) मुख्य रुपमा देखिने बाथ हुन् । यी बाहेक अन्य कतिपय रोगहरुले समेत बाथ र बाथजन्य दुखाई गराउन सक्छ ।