मधुमेह तथा थाइराईड (DIABETES & THYROID )

मधुमेह तथा थाइराईड (DIABETES & THYROID )
Dec 11, 2019

मधुमेह तथा थाइराईड (DIABETES & THYROID )

थाइरोइड भनेको एउटा गन्थी हो जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ। यसलाई गलगाँड भनिन्छ ।यो गन्थीको काम थाइरोइड हर्मोन उत्पादन गर्नु हो ।यो हर्मोन रगतमा घुम्दछ र हामो शरीरलाई स्फूर्तिलो बनाउन मदत गरिरहेको हुन्छ। यसले उर्जालाई स्फूर्तरुपमा सञ्चालन गर्दछ। शरीरका लागि यो अत्यावश्यक हर्मोन हो। थाइराइड ग्रन्थि घाँटीको अग्रभागमा रुद्रघण्टीको तल अवस्िथत हुन्छ। उक्त ग्रन्थिले थाइराइड हार्मोन उत्पन्न गर्छ। जसले हामीले खाएको पौष्टिक तत्त्वलाई जीनतत्त्वमा रूपान्तरण गर्छ। थाइराइड हार्मोनले शारीरकि शक्ति नियमन गर्न, अरू हार्मोन र भिटामिनलाई शरीरमा प्रयोग गर्न र शरीरका तन्तुहरूलाई वृद्धि तथा परपिक्व गर्न महत्त्वपूर्ण काम गर्छ। थाइराइड ग्रन्थिको कार्य क्षमतामा गडबडी भएमा कि त प्रशस्त मात्रामा -अनावश्यक रूपमा) हार्मोनको उत्पादन हुन्छ -हाइपरथाइराइडिज्म) कि अत्यन्त न्यून मात्रामा हार्मोन उत्पादन हुन्छ -हाइपोथाइराइडिज्म)। यी दुवै प्रकारको थाइराइड समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ। मष्तिष्कबाट पिटुटरी ग्रन्थिमा थाइराइड स्िटमुलेटिङ् हार्मोन -टीएसएच) उत्पन्न हुन्छ। उक्त टीएसएच हार्मोन थाइराइड ग्रन्थिमा परभि्रमण गरेर टी-३ तथा टी-४ हार्मोनहरू उत्पादन गर्न उत्प्रेरकको काम गर्छ। थाइराइड ग्रन्थिलाई टी-३ तथा टी-४ हार्मोनहरू उत्पादन गर्न प्रशस्त मात्रामा खाने आयोडिन चाहिन्छ।

Illu thyroid parathyroid.jpg

महिला वंशाणुगत इतिहास रोग प्रतिरोधात्मक क्षमतामा ह्रास धुम्रपान, गर्भवती अवस्था, गलगाँड तथा घाँटीमा धेरै गिर्खा भएको अवस्था, क्यान्सर तथा विकिरण उपचार गरेकाहरू ‘हाइपरथाइराइडिज्म’ हुनसक्ने जोखिम समूहमा पर्छन्। प्रौढ उमेर, महिला, वंशाणुगत इतिहास, पहिले थाइराइडसम्बन्धी रोग भएका -गलगाँड, ग्रन्थिको शल्यक्रिया वा विकिरण चिकित्सा), दीर्घरोगीहरू जस्तै मधुमेह, रक्तअल्पता, रोग प्रतिरोधात्मक क्षमता कमी भएका, ढिके नुन सेवन गर्ने ‘हाइपोथाइराइडिज्म’को जोखिम समूहमा पर्छन्। ६० वर्षभन्दा बढीका करबि २० प्रतिशत महिलालाई यो रोगका केही लक्षणहरू देखिन्छन्, तीमध्ये प्रतिवर्ष २-५ प्रतिशत महिलालाई यो रोग लाग्छ।

बिरामीको इतिहास, शारीरकि परीक्षण -आँखा, छाला, मुटु, स्नायु प्रणाली, थाइराइड ग्रन्थि), थाइराइड अल्ट्रासाउन्ड, वायोप्सी, सीटीस्क्यान, प्रतिजैविक परीक्षण आदि विविध परीक्षणहरूभन्दा रक्त परीक्षणबाट यो रोगको निदान हुन्छ। रक्त परीक्षणमा यदि टी-३, टी-४ बढेमा र टीएसएच घटेमा हाइपोथाइराइडिज्म पत्ता लाग्छ। त्यस्तै, यदि टी-३ र टी-४ घटेमा तथा टीएसएच बढेमा हाइपोथाइराइडिज्मको निदान हुन्छ। स्वस्थ व्यक्तिमा ती हार्मोनहरू घटबढ नभई सामान्य मात्रामा हुन्छन्।